Logo
१५ चैत्र २०८०, बिहीबार

फूलमाला लगाएर सुरक्षित यात्राको कामना

अक्षरपाटी
२०७९ असोज ११ , मंगलबार ०१:०९ मा प्रकाशित

काठमाडौं । ट्राफिक प्रहरीले लामो दुरीका सवारी चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको छ। चाडपर्व लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई काठमाडौंको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारी सहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेको छ।

दसैं, तिहार लगायतका पर्व मनाउनका काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दो छ। यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला प्रदान गरिएको पनि प्रहरी नायब उपरीक्षक रोकाले बताए।