Logo
१३ वैशाख २०८१, बिहीबार

विवेकशील साझाका निवर्तमान अध्यक्ष मिश्र राप्रपामा

अक्षरपाटी
२०७९ असोज १२ , बुधबार ०२:०९ मा प्रकाशित

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र पार्टी परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्।

बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्ष राप्रपामा प्रवेश गरेको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन्। एकता घोषणा क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए।