Logo
७ वैशाख २०८१, शुक्रबार

चाडपर्वलाई लक्षित गरेर सुदूरपश्चिममा सवारीसाधन सञ्चालनमा

अक्षरपाटी
२०७९ असोज १२ , बुधबार ०३:०९ मा प्रकाशित

धनगढी। दसैं सुरु भएसँगै पर्याप्त संख्यामा यात्रुवाहक सवारीसाधन सञ्चालनमा ल्याएको सुदूरपश्चिमका यातायात व्यवसायीले दाबी गरेका छन्। चाडपर्वलाई लक्षित गरी लामो तथा छोटो दूरीका सवारीसाधन पर्याप्त संख्यामा सञ्चालनमा ल्याएको उनीहरुको दाबी छ।

कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहेका एक दर्जन बढी यातायात व्यवसायी समिति छन्। धनगढी र महेन्द्रनगरबाट सुदूरपश्चिमका सबै जिल्लासहित देशभरका प्रमुख सहरमा सीधा बस सेवा सञ्चालन हुने गरेको छ।

धनगढीमा प्रधान कार्यालय रहेका बस व्यवसायी समितिले यहाँबाट करिब ८५० यात्रुबाहक सवारी साधनले सर्वसाधारणलाई विभिन्न गन्तव्यमा पु¥याउने गरेको जनाएका छन्।

यातायात व्यवसायी समितिले छोटो तथा लामो गन्तव्यमा अतिरिक्त सवारीसाधनको व्यवस्था मिलाएको बताएका छन्। यात्रुलाई कठिनाइ नहुने गरी यातायातको व्यवस्थापन मिलाउने काम भइरहेको व्यवसायीको दाबी छ।