Logo
१३ वैशाख २०८१, बिहीबार

भुसको आगो झैँ फैलँदै डेंगु, एकै दिन चार जनाको मृत्यु

अक्षरपाटी
२०७९ असोज १२ , बुधबार १०:०९ मा प्रकाशित

काठमाडौं। कोरोना महामारी कम नहुँदै लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण भुसको आगो झैँ फैलँदै गएको छ।

नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। साउनयता मात्रै नेपालमा यसबाट ३६ जनाको मृत्यु भइसकेको छ।

साउनयता नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ। हाल मुस्ताङबाहेक देशका ७६ जिल्लामा यसको संक्रमण फैलिएको छ।

बढी प्रभावित भएको काठमाडौं उपत्यकाकाका अस्पतालहरु डेंगु संक्रमित भएका बिरामीले भरिएका छन्।

मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थियो। सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य  मन्त्रालयले जनाएको छ।

डेंगु संक्रमण