Logo
११ वैशाख २०८१, मंगलबार

तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

अक्षरपाटी
२०७९ कात्तिक ४ , शुक्रबार १०:१० मा प्रकाशित

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फिनल्याण्ड, संयुक्त राज्य अमेरिका र आइसल्याण्डका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि फिनल्याण्डका आवासीय राजदूत रिना रिक्का हेइका, अमेरिकाका आवासीय राजदूत डिन रिचार्ड थोमसन र आइसल्याण्डका गैरआवासीय राजदूत गुड्नी ब्रागसनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञिप्तिमा जनाइएको छ।