Logo
१३ वैशाख २०८१, बिहीबार

बर्दियामा पाटेबाघको आक्रमण, दुईजना घाइते, एक गम्भीर

अक्षरपाटी
२०७९ कात्तिक ४ , शुक्रबार १०:१० मा प्रकाशित

बर्दिया। बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते भएका छन्।

भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको जङ्गलमा च्याउ खोज्न गएका बेला बर्दिया जिल्ला गुलरिया नगरपालिका–१ खैरापुर बस्ने ३२ वर्षीय राकेश लोध र सोही जिल्ला मधुवन नगरपालिका–७ बस्ने ४१ वर्षीय सोम श्रेष्ठ बाघको आक्रमणमा परी घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी निरीक्षक महेन्द्रजङ्ग बुढथापाका अनुसार साँझ ५ः३० बजे च्याउ खोज्ने क्रममा पाटेबाघले आक्रमण गरेको थियो।

घाइतेमध्ये सोम श्रेष्ठ गम्भीर छन्। उनको दाहिने खुट्टा क्षतविक्षत छ भने शरीरका विभिन्न भागमा बाघको नङ्ग्राले चिथोरेको छ।

साथमा गएका राकेश लोध भने सामान्य घाइते रहेको मधुवन–७ का वडाध्यक्ष राजेन्द्र हमालले जानकारी दिए। घाइतेलाई उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।

बाघको आक्रमण