Logo
११ वैशाख २०८१, मंगलबार

काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र उठ्छु भनेका चन्दको गगन थापालाई समर्थन

अक्षरपाटी
२०७९ कात्तिक ५ , शनिबार १२:१० मा प्रकाशित

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा संघीय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले अन्ततः नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई सहयोग गर्ने भएका छन्।

क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवासँग विभिन्न चरणको भेटघाट, छलफल मार्फत आसन्न निर्वाचनमा नेपाली कांग्रेस महामन्त्री थापालाई सहयोग गर्ने निर्णय अनुसार उम्मेद्वारी मनोनयन दर्ता नगरी थापा जिताउने अभियानमा लागेको चन्दले बताए।

पूर्व स्वास्थ्य मन्त्रि समेत रहेका थापा अहिलेका युवा पुस्ताका जुझारु नेता र भविश्यको प्रधानमन्त्रीका रुपमा हेरिएका छन्। यद्यपि उनमा भएका कमी कमजोरीलाई आत्मालोचना गर्दै काठमाडौं क्षेत्र नं ४ को लागि जनताको भावना अनुरुप विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाई सुधार गरि देश र जनताको हितमा काम गर्ने उनको बचनबद्धताका कारणस सहयोग गर्न लागेको चन्दले बताए।

नेताहरूका कार्यशैलीले राजनीतिप्रति नै वितृष्णा बढाएको समयमा आशाको दियो बनेर पार्टी भित्र होस् अथवा संसदमा बिद्रोह गर्दै प्रतिपक्षिको भूमिका निर्वाह गर्ने र नेतृत्व पुस्तान्तरणको चर्को आवाज उठाउने युवा पुस्ताका प्रतिनिधि पात्र थापा मुलुकको रक्षा र बिकाशको लागि अपरिहार्य भएकोले संसदमा पुर्याउन आबश्यक रहेकोले पनि चन्दले बताए।