Logo
१५ वैशाख २०८१, शनिबार

दार्चुला र झापामा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

अक्षरपाटी
२०७९ कात्तिक ५ , शनिबार १०:१० मा प्रकाशित

काठमाडौं। झापा र दार्चुलामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्।

सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र०२००१त १४६७ नंको ट्र्याक्टर आज दुर्घटना भएको हो।

ट्र्याक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। ट्र्याक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको पथरीशनिश्चरे सडकखण्डको जयचोकमा आज सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ मोटरसाइकलमा जाने क्रममा अनियन्त्रित भई झापाको बिर्तामोड ४ का ४५ वर्षीय हरिकुमार बाँस्कोटाको मृत्यु भएको हो। को३७प ३२५५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको टाउको र पेटमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

गम्भीर घाइते बाँस्कोटाको मोरङको उर्लाबारी मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।