Logo
१४ वैशाख २०८१, शुक्रबार

बाह्रखरी कथा पुरस्कार अभिलाषीलाई, उत्कृष्ट कथा पुस्तक विमोचन

अक्षरपाटी
२०७९ कात्तिक ६ , आईतबार १०:१० मा प्रकाशित

काठमाडौं। हरेक वर्ष बाह्रखरी मिडियाले आयोजना गर्दै आएको डिस होम बाह्रखरी कथा पुरस्कार यसवर्ष कथाकार नवीन अभिलाषीलाई प्रदान गरिएको छ।

उनको दमाहा शीर्षकको कथाले पुरस्कार प्राप्त गरेको हो। कथाले एक लाख रूपैयाँ राशिसहित प्रमाणपत्र र ट्रफी हात पारेको छ।

काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमा र डिसहोम मिडियाका महाप्रबन्धक हेमराज ढकालले विजेता अभिलाषीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्।

प्रतियोगितामा रमेश जंग थापाको डढेको आकाशले द्वितीय पुरस्कार प्राप्त गरेको छ । कथाले ६० हजार रूपैयाँ, प्रमाणपत्र तथा ट्रफी हात पारेको छ।

तृतीय स्थान रूमु न्यौपानेको घुङ्घट कथाले प्राप्त गरेको छ। न्यौपानेले ४० हजार रूपैयाँ, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरिन्।

प्रतियोगितामा सहभागी भएका कथासंख्या नखुलाइएको भए पनि उत्कृष्ट २५ कथाकारहरूलाई सो अवसरमा नगदसहित सम्मान गरिएको थियो। प्रतियोगिताका लागि तीन सदस्यीय टोलीले दिनरात मिहिनेत गरी उत्कृष्ट २५ कथाहरू छनोट गरेको थियो। निर्णायक टोलीमा प्रा।डा। कुमार कोइराला, सगुना शाह र उमा सुवेदी थिएर

विगतका संस्करणमा भन्दा यसपटक प्रतियोगी कथासँगै अप्रतियोगी केही विशिष्ट कथाहरू पनि समावेश गरेर १२ खरी उत्कृष्ट कथा २०७९ पुस्तक पनि विमोचन गरिएको थियो ।

यस संस्करणमा प्रख्यात कथाकारहरू ध्रुवचन्द्र गौतम, माया ठकुरी, वेञ्जु शर्मा, अविनाश श्रेष्ठ तथा राजव पुडासैनीका अप्रतियोगी कथा पनि समावेश गरिएका छन्।

कार्यक्रममा शिक्षाविद् माथेमाले अमेरिकामा ओ। हेनरी अवार्ड भनेर छोटा कथाहरूको वार्षिक प्रतियोगिता हुने गरेको र त्यस किसिमको प्रतिस्पर्धा नेपालमा खट्किरहेको अवस्थामा विगत चार वर्षदेखि लगातार यस्तो कार्यक्रम हुनु सुखद् रहेको बताए।

सम्पादक राजेन्द्र पराजुलीले कथा लेखनमा नयाँ पुस्ताको अवस्थामाथि संक्षिप्त छलफलसमेत गरिएको थियो। जसमा सगुना शाहले नयाँ पुस्ताका कथाकारहरूमा अध्ययनशीलताको अभाव रहेको टिप्पणी गरेकी थिइन्।

कथा डसहोम बाह्रखरी
यो पनि हेर्नुहोस् : कथा : यस्तो एउटा घुम्टी