Logo
२८ असार २०८२, शनिबार

पाकिस्तानमा बाढीले एक हजार ७ सयभन्दा बढीको मृत्यु

अक्षरपाटी
२०७९ कात्तिक ७ , सोमबार ०१:१० मा प्रकाशित

एजेन्सी। पाकिस्तानमा यो वर्षको वर्षा याममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७ सय ३१ पुगेको छ। १२ हजार आठ सय ६७ जना घाइते भएका छन्।

बाढीका कारण ६ सय ४५ जना बालबालिका तथा तीन सय ५० जना महिलाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।

दक्षिणी प्रान्त सिन्ध बाढीबाट सर्वाधिक प्रभावित भएको जनाउँदै उक्त प्राधिकरणले त्यहाँ ७ सय ९२ जनाको मृत्यु भएको बताएको छ।

दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा तीन सय ३६ र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वा प्रान्तमा तीन सय आठ र पूर्वी पञ्जाब प्रान्तमा दुई सय २३ जनाले ज्यान गुमाएका छन्।

पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन्।

पाकिस्तान