Logo
८ वैशाख २०८१, शनिबार

दीपावलीले झिलिमिली सहर, उत्सव मनाउनेलाई घर पठाएर सुनसान बनाउँदै प्रहरी

अक्षरपाटी
२०७९ कात्तिक ७ , सोमबार ११:१० मा प्रकाशित

काठमाडौं। यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझैबाट धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ।

पूजाआजा गरेर मानिसहरु दीपावलीको उत्सवमा रमाएका छन्। गाउँगाउँमा देउसी, भैली खेल्ने प्रचलनअनुसार मानसिहरु परम्पराको अनुसरणसँगै रमाइरहेका छन्।

राजधानी काठमाडौंका विभिन्न स्थानमा दीपावलीको उत्सव मनाउने र सहरको झिलिमिली उज्यालो हेर्नेको घुइँचो साँझैदेखि देखिन्छ। मैतीदेवी मन्दिरमा उत्सव मनाउने, पूजाआजा गर्नेको भीड नै लागेको थियो। त्यस्तै कालिकास्थान, नक्साल भगवती, वसन्तपुरलगायतका क्षेत्रमा मानिसहरु वत्तिको झिलिमिली र उत्वस मनाउन बाक्लै निस्किएका देखिन्थे।

मैतीदेवी मन्दिरमा दीपावलीकाे उत्सव मनाउन आएका नगरवासी

तर प्रहरीले भने ‘माथिको आदेश’ भन्दै उत्सव मनाउन निस्किएका नागरिकलाई घर पठाएर सहर सुनसान बनाएको छ। सदियौँदेखि चाडबाड मनाएर रमाइलो गर्ने, वर्षदिनमा आउने पर्वमा दुःखकष्ट भुलेर रमाउने नेपालीको मौलिकतालाई अप्रिय घटना हुनसक्ने भन्दै प्रहरी प्रशासनले रोक लगाउँदै आएको छ।

यो नेपालीको मौलिक सँस्कृतिमाथिको तगारो भएको युवा समाजसेवी सत्यालले बताए। प्रहरी भने माथिको आदेश मान्नै पर्ने भनेर मठ, मन्दिर, पर्यटकीइ क्षेत्र र एतिहासिक स्थलमा रमाउन गएका नागरिकलाई घर पठाइरहेको दृश्य लक्ष्मीपूजाका दिन जताततै आमजस्तै थिए।

वशन्तपुर खाली गराउँदै प्रहरी

तिहारको झिलिमिली प्रहरी मैतीदेवी सुनसान