Logo
१५ मंसीर २०७९, बिहीबार

कांग्रेसको सूचना संकलन तथा अनुगमन उपसमितिमा १४ सय सदस्य

अक्षरपाटी
२०७९ कात्तिक ८ , मंगलबार ११:१० मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सूचना सङ्कलन तथा अनुगमन उपसमिति गठन गरेको छ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त समितिमा कांग्रेसले आज आठ सय १४ सदस्य मनोनीत गरेको हो।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य नैनसिंह महरको संयोजकत्वमा गठन गरेको हो।

उपसमितिमा आठ सय १४ सदस्य थप मनोनयन गर्नुभएको पार्टीको कन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कांग्रेस सूचना सङ्कलन तथा अनुगमन उपसमिति