Logo
२६ असोज २०८३, सोमबार

नरेशको ‘पत्थर जस्तो दिल’ बजारमा

अक्षरपाटी
२०७९ कात्तिक १२ , शनिबार १०:१० मा प्रकाशित

काठमाडौं । साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर दिएका छन्। गजललाई कमल सौरागले संगीत संयोजन गरेका हुन्।

मनोरञ्जनात्मक यस भिडियोमा युवाले युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको भावलाई प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय छ। स्वयम् रचनाकार नरेश ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो। गायक गौतमको आधिकारिक च्यानल ुथानेश्वर गौतमु मार्फत भिडियो सार्वजनिक भएको हो।

गीत पत्थरजस्तो दिल

ट्रेन्डिङ ( साप्ताहिक )