Logo
१४ वैशाख २०८१, शुक्रबार

कांग्रेसको संकल्प पत्र सार्वजनिक, असंवैधानिक रुपमा संसद विघटन नगर्ने प्रतिज्ञा

अक्षरपाटी
२०७९ कात्तिक १२ , शनिबार ११:१० मा प्रकाशित

काठमाडौं। आम निर्वाचन आउन तीन साता बाँकी हुँदा आज नेपाली कांग्रेसले संकल्प कल्प पत्र  सार्वजनिक गरेको  छ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ल्याइएको संकल्पपत्रमा कांग्रेसले असंवैधानिक रुपमा संसद विघटन नगर्ने प्रतिज्ञा गरेको छ।

‘दलहरुको आन्तरिक विवाद र फरक दलहरुका बीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं’ संकल्प पत्रमा भनिएको छ।

सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहोन नगर्ने प्रतिज्ञा पनि कांग्रेसले गरेको छ।

कानुनी सीमाभन्दा बाहिर गएर वा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय नगर्ने, संविधानको मर्म र भावनजा विपरित प्रेश र स्थानीय सरकारका अधिकारमा हस्तक्षेप नगर्ने पनि उसको प्रतिज्ञा छ ।

संविधानको मर्म र भावनजा विपरित प्रेश र स्थानीय सरकारका अधिकारमा हस्तक्षेप नग, सार्वजनिक खर्च पुनरावलोकन आयोगको अध्ययनहरुका आधारमा अनावश्यक विभाग र संस्थानहरु खारेज गर्ने, सार्वजनिक संस्थानहरुलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिज्ञा पनि संकल्प पत्रमा गरिएको छ।

नेपाली कांग्रेस संकल्प पत्र