Logo
११ वैशाख २०८१, मंगलबार

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ, भोलि मधेस प्रदेशमा बिदा

अक्षरपाटी
२०७९ कात्तिक १३ , आईतबार १०:१० मा प्रकाशित

जनकपुरधाम। छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। व्रतालुहरुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन्। छठमा सूर्यदेवको उपासना गरिन्छ।

मधेस प्रदेशको राजधानी जनकपुरधामका गंगासागर, धनुष सागरलगायत नदी÷खोला किनार र पोखरीमा बर्तालुहरूले सूर्यलाई अर्घ्य दिएका छन्।

निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्। अर्घ्य दिँदै गर्दा व्रतालुहरूले सूर्यलाई आफ्नो मनोकांक्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन्। यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा राणा छठ पर्व हेर्न जनकपुरधाम पुगेकी थिइन्।

भोलि सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ। संघ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए।

छठ