Logo
१५ चैत्र २०८०, बिहीबार

कांग्रेस नेतृ आरजुले गंगासागरमा गरिन् छठ पूजा

अक्षरपाटी
२०७९ कात्तिक १३ , आईतबार १०:१० मा प्रकाशित

जनकपुरधाम। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले हिन्दूहरूको महान् चाड छठको पूजा जनकपुरधामस्थित गंगासागर पुगेर गरेकी छन्।

गंगासागर पोखरीमा आयोजित छठ पूजा कार्यक्रममा देउवाले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेकी हुन्। सो अवसरमा उनले छठ पूजासमेत गरिन्। जनकपुरधामलाई छठ पर्वका लागि प्रसिद्ध धार्मिकस्थल मानिन्छ ।

देउवाले सोमबार बिहान पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराइनस्थित पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्यदान गर्ने कार्यक्रम छ।

उनले महान पर्व छठको पूजासँगै गठबन्धनलाई भोट माग्नका लागि पनि आफू आएको बताएकी थिइन्।

उनले भोलि नै धनुषाको नगराइन नगरपालिकाअन्तर्गतको नेपाल–भारत सीमा जटहीस्थित सीमा नाका पुगेर अवलोकन गर्ने कार्यक्रम छ।

आरजु राणा