Logo
२३ जेठ २०८३, शनिबार

एमालेको घोषणापत्र भोलि होटल याक एन्ड यतिबाट सार्वजनिक हुने

अक्षरपाटी
२०७९ कात्तिक १४ , सोमबार ०९:१० मा प्रकाशित

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका जनताका लागि ल्याइने घोषणपत्र सुविधासम्पन्न तारे होटेल होटल याक एन्ड यतिमा सार्वजनिक गर्न लागिएको हो।

उनका अनुसार एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढंगले गर्ने तयारी गरेको बताइएको छ। सो घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ।

एमालले ‘समृद्ध नेपाल:सुखी नेपाली’को संकल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो। सौ समितिले सुझाव संकलन गर्ने कार्य गरिरहेको र उक्त सुझावका आधारमा घोषणापत्र तयार गरिएको एमालले जनाएको छ।

एमाले घोषणापत्र

ट्रेन्डिङ ( साप्ताहिक )