Logo
१२ वैशाख २०८१, बुधबार

मुख्यमन्त्री भट्टले पाएनन् टिकट‚ स्वकीय ओलीलाई प्रदेश सभाको टिकट

अक्षरपाटी
२०७९ असोज २३ , आईतबार १०:१० मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट टिकटबाट वञ्चित भएका छन् । डोटीबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका तथा नभए प्रदेशसभा सदस्यमा समेत उम्मेदवारको आकांक्षी रहेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले टिकट नपाएका हुन् ।

मुख्यमन्त्री भट्टलाई उछिन्दै उनकै प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले प्रदेशसभा सदस्यमा टिकट पाएका छन् । ओलीले मुुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्र डोटी (ख) बाट टिकट पाएका छन् ।