Logo
१४ वैशाख २०८१, शुक्रबार

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता, नतिजा साउन मसान्तभित्र हुने

अक्षरपाटी
२०७९ असोज २५ , मंगलबार ०३:१० मा प्रकाशित

२५ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९र०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । उक्त कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुने, कक्षा ११ को आंशिकरग्रेड वृद्धि परीक्षा २०८० वैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ ।

त्यस्तैगरी कक्षा ११ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुनेछ ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८० साउन मसान्तभित्र प्रकाशन हुने र कक्षा ११ को ९आंशिकरग्रेड वृद्धि परीक्षार्थी०को भदौ मसान्तमित्र प्रकाशन गरिनेछ । कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन हुने बोर्डले जनाएको छ ।

पुनर्योगका लागि विद्यार्थीले नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिनसक्ने र पुनर्योगको नतिजा प्रकाशन नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि) हुनुपर्नेछ ।

कार्यातालिका अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको २०७९ पुष १ गतेबाट सम्बन्धित विद्यालयहरुलाई परीक्षा आवेदन फाराम वितरण गर्ने, २०७९ पुष १६ गतेदेखि माघ १५ गतेभित्र सम्बन्धित विद्यालयरक्याम्पसहरुले कक्षा ११ का आंशिकरग्रेड वृद्धि र कक्षा १२ को नियमित तथा आंशिकरग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्नुपर्ने, माघ १६ गतेदेखि माघ मसान्तसम्म सम्बन्धित विद्यालयरक्याम्पसहरुले विलम्ब शुल्क सहितको परीक्षा आवेदन भराउनुपर्नेछ । विद्यालयरक्याम्पसहरुले फागुन १५ गतेसम्म बोर्डका सम्बन्धित कार्यालयमा परीक्षा आवेदन फाराम बुझाउनुपर्नेछ ।