Logo
७ वैशाख २०८१, शुक्रबार

सडक फराकिलो बनाउन धनगढी बजारमा उपमहानगरले चलायो डोजर

अक्षरपाटी
२०७९ कात्तिक १६ , बुधबार ०४:११ मा प्रकाशित

धनगढी। धनगढी उपमहानगरपालिकाले अनधिकृत संरचनामाथि डोजर चलाउन सुरु गरेकाे छ।

करिब डेढ महिनाकाे समयावधि दिएर संरचना हटाउन सूचना गरे पनि अटेरी गरेपछि भत्काउन थालिएकाे उपमहानगरपालिकाले जनाएको छ।
बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका सरकारी संरचना हटाउन सुरु गरेकाे उपमहानगरपालिकाका मेयर गाेपाल हमालको सचिवालयले जनाएकाे छ।

आज सेती प्रादेशिक अस्पताल र जनस्वास्थ्य कार्यालय लाइनका अनधिकृत सरकारी संरचना हटाउन सुरु गरिएको हो।

सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ-बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन उपमहानगरले सम्बन्धित घर धनि र सँस्थालाई पत्राचार गरेको थियो।

सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन भन्दै उपमहानगरले गत भदाै १३ गने सम्बन्धित घर धनीलाई अनुरोध गरेको थियो। तर दुई महिना हुँदा पनि अटेरी गरेपछि डोजर चलाएर संरचना हटाउन थालिएको महानगरले जनाएकाे छ ।

अनधिकृत संरचना हटाउने क्रममा आफै सडसमा उत्रिएका धनगढीमा नगरप्रमुख गाेपाल हमाल।