Logo
१२ वैशाख २०८१, बुधबार

एकीकृत समाजवादीका नगर अध्यक्ष एमालेमा प्रवेश

अक्षरपाटी
२०७९ कात्तिक १८ , शुक्रबार ०१:११ मा प्रकाशित

धनगढी। नेकपा एकीकृत समाजवादी पार्टीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा शुक्रबार बिहान आयोजना गरिएको कार्यक्रममा उनीहरु पार्टीमा प्रवेश गरेका हुन्। उनीहरुलाई पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष लगायत समाजवादी निकट युवा संघ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटी सचिव पवित्रा बोहरालाई पार्टीमा स्वागत गरेका हुन्।

विप्लव नेतृत्वका नेकपाका जिल्ला कमिटी सदस्य खुस्बु राना, नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा गोदावरी नगर कमिटी सदस्य बाली साउद लगायतका कार्यकर्ता पनि पार्टी प्रवेश गरेको एमालेले जनाएको छ।