Logo
२२ असार २०८३, सोमबार

निर्वाचन आयोगले छाप्यो ८ करोड ३ लाख ९४ हजार मतपत्र

अक्षरपाटी
२०७९ कात्तिक १८ , शुक्रबार ०८:११ मा प्रकाशित

काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधिसभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ।

प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार पाँच सय र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ।

निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो।

निर्वाचन आयोग मतपत्र