Logo
१४ वैशाख २०८१, शुक्रबार

सातै प्रदेशमा गठबन्धन सरकार : गृहमन्त्री खाण

अक्षरपाटी
२०७९ कात्तिक १९ , शनिबार ०९:११ मा प्रकाशित

रुपन्देही। गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताए।

नेकपा (माओवादी केन्द्र)ले आज भैरहवामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खाणले देश विकासका लागि संघसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनको सरकार बन्ने बताए।

गृहमन्त्री खाणले लामो संघर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँचदलीय गठबन्धन बनेको र यसको जित अत्यावश्यक रहेको बताए।

उहाँले गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत हुनुपर्ने विचार व्यक्त गरे।

वालकृष्ण खाण