Logo
८ वैशाख २०८१, शनिबार

पोसाक बिनाका म्यादी खटिँदा स्थानीय सशंकित

अक्षरपाटी
२०७९ कात्तिक २० , आईतबार ०४:११ मा प्रकाशित

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि खटिएका म्यादी प्रहरीले औपचारिक पोसाक नपाएका हुन्।

म्यादी प्रहरीको पोसाक नहुँदा उनीहरू सर्वसाधारण झै एउटा लौरो बोकेर सडकमा उभिइरहेको भेटिन्छन्।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार निर्वाचन सुरक्षाका लागि रौतहट जिल्लामा २ हजार ९ सय ३९ जना म्यादी प्रहरी खटाइएको छ।

शारीरिक तन्दुरुस्ती, लिखित, मौखिक लगायतका परीक्षा उतीर्ण गरेकाहरूलाई सामान्य तालिमपश्चात् असोज ३० गतेदेखि ड्युटीमा खटाइएको थियो।

गत स्थानीय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरीले भने पुरानै पोसाकमा ड्युटी गरिरहेका छन्। बाँकी म्यादी प्रहरी चप्पल लगाएर, पोसाकबिना नै चोक चौराहामा खटिएका छन्। ८/१० जनाको समूहमा हातमा लौरो बोकेर टोल, चोक, बजार घुम्दा म्यादी प्रहरी हो हैन झुक्किने गरेको स्थानीय बताउँछन्।

जिल्ला प्रहरी कार्यालयले छिटोभन्दा छिटो उनीहरूलाई पोसाकको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ। पोसाक बिनानै ड्यूटी गर्नुपर्दा आफूहरूलाई पनि असहज हुने र धेरैले नपत्याउने गरेको एक म्यादी प्रहरीले बताए।

पटक पटक पोसाकका बारेमा प्रहरी अधिकारीहरूसँग माग राख्दा भोलि/भोलि भनेर टार्ने गरेको उनीहरूको गुनासो छ। प्रहरी प्रमुख वीरबहादुर बुढा मगरले केही दिनभित्रै म्यादी प्रहरीलाई पोसाकको व्यवस्था गरिने बताए।