Logo
१४ वैशाख २०८१, शुक्रबार

प्रमुख आयुक्त थपलियाको प्रश्न : चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?

अक्षरपाटी
२०७९ कात्तिक २० , आईतबार ०९:११ मा प्रकाशित

काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना योजनाका कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गरेका छन्।

आसन्न निर्वाचनका सन्दर्भमा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज काठमाडौँमा आयोजना गरेको नागरिक संवादमा उनले भने, “मैले त भन्दै आएको छु। १५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने र चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू?”

उनले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर मत माग्ने र मत दिने वातावरण सिर्जना गर्न पनि आग्रह गरे।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त डा भोजराज पोखरेल, पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, संविधानविद् नीलाम्बर आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतसँग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहितरुपमा सम्पन्न गराउने सन्दर्भमा नागरिक संवाद गरिएको थियो।

दिनेशकुमार थपलिया