Logo
७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश

अक्षरपाटी
२०७९ कात्तिक २२ , मंगलबार ०८:११ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु।”

गुरुनानकले समाजमा शान्ति, सद्भाव र लोककल्याणका लागि सबै धर्मका बीचमा सहिष्णुताका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास उनले व्यक्त गरेकी छन्।