Logo
८ वैशाख २०८१, शनिबार

मध्यराति गएको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु

अक्षरपाटी
२०७९ कात्तिक २३ , बुधबार ०९:११ मा प्रकाशित

डोटी। डोटीमा मंगलबार मध्यराति गएको भूकम्पमा पररी ६ जनाको मृत्यु भएको छ।

राति २ बजेर १२ मिनेटमा डोटी केन्द्रबिन्दू बनाएर ६.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए।

भूकम्पमा परी ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीय भगवती बोहरा, १३ वर्षकी सीता बोहरा, ८ वर्षका हर्क बोहरा, १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षकी तुलसी बोहराको ज्यान गएको बताइएको छ।

सीता र हर्क भगवतीका छोराछोरी हुन्।

भूकम्पले घर भत्काउँदा अन्य पाँच जना घाइते भएका छन्। घाइते हुनेमा सोही वडाका छन् । ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् घाइते भएको प्रहरीले जनाएको छ।

स्थानीय स्वास्थ्य चौकीमा उनीहरुको उपचार भइरहेको प्रहरी छ।

डाेटी भूकम्प