Logo
८ वैशाख २०८१, शनिबार

भूकम्पका दुई जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याईयो

अक्षरपाटी
२०७९ कात्तिक २३ , बुधबार ०१:११ मा प्रकाशित

धनगढी । भूकम्पमा परि घाईते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रिफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो ।

पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रिफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठका अनुसार चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । घाँटीका हड्डी भाँचिएकोले उनको सिटी स्क्यान गर्नु पर्ने अवस्था रहेको डा‍. श्रेष्ठ वताउँछन् ।

अन्य घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको डोटी अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।