Logo
१६ चैत्र २०८०, शुक्रबार

बाजुरा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टरस्केलको भूकम्प

अक्षरपाटी
२०७९ कात्तिक २४ , बिहीबार ०९:११ मा प्रकाशित

बाजुरा। बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।

सो भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।

यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको मृत्यु भएको थियो। आठ जना घाइते भएका थिए।

त्यसभन्दा अघि मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू बनाएर ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो।

भूकम्प