Logo
१४ वैशाख २०८१, शुक्रबार

सत्तागठबन्धनले जितेपछिमात्र नागरिकता समस्या समाधान : निधि

अक्षरपाटी
२०७९ कात्तिक २४ , बिहीबार ०८:११ मा प्रकाशित

कलैया। नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सत्तागठबन्धन अहिलेको आवश्यकता भएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गरेका छन्।
नेपाली कांग्रेस बाराद्धारा पार्टी कार्यालय कलैयामा बिहिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले गठबन्धनका उम्मेदवारहरुलाई भोट हालेर सत्तागठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
४ मंसिरको चुनाबपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यहि सरकारले नागरिकता बिधेक अघि बढाएर नागरिकता समस्याको सधैका लागि हल गर्ने उनको भनाई थियो।
नेता निधिले चुनाबमा एमाले नेतृत्वको गठबन्धन बलियो भएमा नागरिकता समस्या कहिलयै पनि हल नहुने उल्लेख गरे।
कांग्रेस जिल्ला सभापति राजेश यादवको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलामा पूर्ब राज्यमन्त्री कलावती पासवान, पूर्ब सांसद डा. शोभाकर पराजुलीलगायतले पार्टीभित्रका सानातिना बिबादलाई भुलेर गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आह्वान गरेका थिए।

विमलेन्द्र निधि