Logo
८ वैशाख २०८१, शनिबार

मानुषी भन्छिन् : काठमाडौंलाई हरित अर्थतन्त्रका रुपमा विकास गर्छौँ

अक्षरपाटी
२०७९ कात्तिक २४ , बिहीबार ११:११ मा प्रकाशित

काठमाडौं। काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मानुषी भट्टराईले काठमाडौं उपत्यकालाई हरित अर्थतन्त्रको अवधारणामा विकास गर्नुपर्ने बताएकी छन्।

आज पत्रकारसँगको अन्तक्रियामा उनले आफू निर्वाचित भए काठमाडौंको मौलिकता जोगाउँदै विकासका योजना तयार गर्ने बताइन्।

हाल देखिएको खानेपानीको संकट समाधान गर्दै पानी पुनःभरण (वाटर रिसाइकल) गर्ने परम्परागत प्रणालीलाई अपनाउने उनको प्रतिबद्धता छ।

आदिवासी जनजातिको हक अधिकार स्थापित गर्नका लागि आफूले संसदमा आवाज उठाउने भन्दै उनले आफ्नो थातथलोबाट बिस्तापित नेवार समूदायलाई आवासको अधिकार दिलाउने दाबी गरिन्।

काठमाडौं ७ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार वसन्तप्रसाद मानन्धरले आदिवासी जनजातिको मातृभाषालाई बागमती प्रदेशभित्र संस्थागत गर्ने बताए।

उनले विगतमा पनि यसका लागि आफूले पहल कदमी लिँदै आएको भन्दै नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको प्रशासनिक भाषा बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे।

मानुषी भट्टराई