Logo
१६ चैत्र २०८०, शुक्रबार

प्रदिपको प्रचारमा नरहरि र स्वर्णिम, भन्छन : अत्यधिक मतले चुनाव जित्छु

अक्षरपाटी
२०७९ कात्तिक २५ , शुक्रबार ०९:११ मा प्रकाशित

काठमाडौँ । काठमाडौं ५ मा नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडलको चर्चा दिनानुदिन बढीरहेको छ । प्रदीपको अब्बल पक्षका रूपमा युवा उम्मेदवार र स्वच्छ छविलाई हेरिएको छ । पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार रहँदा पनि कसैलाई म प्रदीप पौडेल भनेर चिनाउनुपर्ने अवस्था छैन ।

प्रदीपलाई पार्टीको मत जोगाउन कुनै चुनौती देखिँदैन । सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णिम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन् । यता विगतमा ईश्वरलाई नै पराजित गरेका नरहरि आचार्यसमेत अस्वस्थताका बीच प्रदीपको प्रचारमा जुटेका छन् ।

संघीय सांसद र स्थानीय तहबीच समन्वय हुन सकेन भन्ने गुनासो, अति सामान्य काम पनि भएन भन्ने गुनासो र जितेर गएका व्यक्ति फर्केर आएनन् भन्ने गुनासो त्यस क्षेत्रका मतदाताहरूले गरेको उनले बताए । सोही क्षेत्रबाट प्रदीपसँग चुनावी मैदानमा नेकपा एमालेका नेता इश्वर पोखरेल र स्वतन्त्र उम्मेद्धवार रञ्जु दर्शना पनि रहेका छन् ।

चुनावको दिन नजिकिँदै गइरहेका बेला यहाँको परिणाम कस्तो आउला भन्ने चासो आम मतदाताको बढीरहेको छ । काठमाडौं– ५ मा काठमाडौं महानगरपालिकाका वडा २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका वडा ३,४,५,६ र ७ का साथै टोखा नगरपालिकाका २,३,४,५, ६ र ७ वडाहरू पर्छन् ।

यी क्षेत्रमा बढी मात्रामा बाहिरी जिल्लाबाट बसाइँ सरेर आएको जनसंख्या बढी छ । एकातर्फ दोलखा, रामेछाप, ओखलढुंगामा पुरानो घर भएका अर्कोतर्फ तनहुँ, लम्जुङ, कास्की । त्यस्तै नुवाकोट, धादिङलगायतका जिल्लाबाट बसाइँ सरेर आएका छन् ।

प्रदीप पाैडेल