Logo
६ वैशाख २०८१, बिहीबार

विश्वका सर्वाधिक कमाउने फुटबलर : जो सातमै कमाउँछन् २४ करोड

अक्षरपाटी
२०७९ कात्तिक २५ , शुक्रबार ०१:११ मा प्रकाशित

नेपालमा सबैभन्दा धेरै तलब बुझ्ने कर्मचारीले कति पाउला ? पाँच लाख, १० लाख वा सबैभन्दा धेरै खानेले २५ लाख । त्यो पनि महिनाको । तर विश्वका फुटबल खेलाडीले पाउने साप्ताहिक पारिश्रमिकबारे तपाईँलाई थाहा छ ? उनीहरुको एकै साताको पारीश्रमिकले नेपालीको जुनीभरको सपना पुरा हुन्छ भन्दा पत्यार नलाग्ला । तर सत्य यही हो।

हामी यस रिपोर्टमा सबैभन्दा धेरै कमाउने विश्वका फुटबल खेलाडीको बारेमा चर्चा गर्दैछौं । हामीले हाम्रो तथ्यांकमा विश्वाश बढाउन विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमको सहयोगमा आधिकारिक स्रोतहरूको प्रयोग गरेका छौँ।

हामी विश्व फुटबलमा सर्वाधिक कमाउने खेलाडीको साप्ताहिक लतबको विषय यहाँ प्रस्तुत गर्दैछौँ, जुन करबाहेकको हो । अझ भनौं यसमा उनीहरुको बोनस, अतिरिक्त शुल्क र खेलाडीहरूले विभिन्न प्रायोजनका सम्झौता बापत पाउने शुल्क समावेश गरिएको छैन् । त्यो जोड्ने हो भने उनीहरूको आय दोब्बर पनि हुनसक्छ ।

७- एर्लिङ हालान्ड र डेभिड डे डेइगा : सातामा ३ लाख ७५ हजार पाउण्ड

म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड र म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड डे डेइगाले समान पारिश्रमिक लिने गरेका छन् । दुबै खेलाडीले साताको पारिश्रमिक ३ लाख ७५ हजार पाउण्ड बुझ्छन् । यसलाई नेपालीमा रुपान्तरण गर्ने हो भने करिब ५ करोड ५९ लाख नेपाली रुपैँया हुन आउँछ ।

६ – इडेन हाजार्ड (रियल मड्रिड) : ३ लाख ८० हजार पाउण्ड

छैठौँ नम्बरमा रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्ड पर्छन । उनी स्पेनिस ला लिगामा सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने खेलाडी हुन् । बेल्जियम स्टार हाजार्डले प्रति साता ३ लाख ८० हजार पाउण्ड पारिश्रमिक पाउँछन् । यसलाई नेपालीमा रुपान्तरण गर्ने हो भने हप्ताकै करिब ५ करोड ६७ लाख हुन आउँछ ।

५- केभिन डे ब्रुइन (म्यानचेस्टर सिटी) : प्रति साता ४ लाख पाउण्ड

बढी पारिश्रमिक बुझ्ने पाँचौ नम्बरमा बेल्जिएमका मिडफिल्डर केभिन डे ब्रुइन पर्छन । म्यानचेस्टर सिटी क्लबमा अनुबन्धि केभिन डे ब्रुइन विश्व फुटबलमा नम्बर एक मिडफिल्डर हुन् । उनी प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने दोस्रो खेलाडीमा पर्छन । डे ब्रुइनले हालै मात्र सिटीसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौतामा उनले आफ्नै टोलीका साथी ज्याक ग्रिलिस भन्दा बढी पारिश्रमिकमा हस्ताक्षर गरेका हुन् । गत सिजन क्लबमा भित्रिएका ग्रिलिको प्रति साता करिब ४ करोड ४७ लाख नेपाली रुपैंया हुन आउँछ तर डे ब्रुइनेले भने एक साताकै ४ लाख पाउण्ड अर्थात करिब ५ करोड ९६ लाख नेपाली रुपैँया तलब बुझ्छन् । उनको यो सम्झौता २०२५ सम्मका लागि हो ।

४ – क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड) : प्रति साता ५ लाख १५ हजार पाउण्ड

विश्व फुटबलमा सबैभन्दा लोकप्रिय खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो । रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने खेलाडी पनि हुन् । तर उनको वार्षिक कमाई तीन जना फुटबलरले पाउने भन्दा कम छ । २०२१ मा इटालियन सुपर कपमा युभेन्टसका लागि नेपोलीविरुद्ध गोल गर्दै फुटबल इतिहासमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका रोनाल्डो राष्ट्रका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने पहिलो खेलाडी समेत हुन्। गत सिजनमा उनी म्यानचेस्टर युनाइटेडमा फर्किएका थिए । रोनाल्डोले युनाइटेडमा प्रति साता ५ लाख १५ हजार पाउण्ड अर्थात करिब ७ करोड ६८ लाख नेपाली रुपैँया पारिश्रमिक लिने गरेका छन् ।

३- नेमार (पीएसजी) : प्रति साता ६ लाख ६ हजार पाउण्ड

विश्व फुटबलमा सर्वाधिक तलब खाने खेलाडीको तेस्रो स्थानमा पनि पीएसजीकै स्टार स्ट्राइकरको नाम छ । उनी हुन ब्राजिलियन नेयमार । ब्राजिलियन फुटबलका पोस्टर ब्वाई, नेमारले २०१७ मा बार्सिलोनाबाट ३० मिलियन पाउण्ड अर्थात करिब नेपाली ४ अर्ब ५७ करोड भन्दा बढीको वार्षिक पारिश्रमि सम्झौता गर्दै पीएसजी पुगेका थिए । उनी विश्व कीर्तिमानी ट्रान्फर शुल्क २०० मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए।

२- लियोनेल मेस्सी (पीएसजी) : प्रति साता ९ लाख ६० हजार पाउण्ड

 

लियोनल मेस्सीलाई धेरैले अहिलेसम्म विश्वको सबैभन्दा महान् खेलाडी मान्दछन् । उनले फुटबलमा जादुमय प्रदर्शनले धेरैलाई चकित पार्दै आएका छन् । उनको प्रतिभा अविश्वासनीय छ । अर्जेन्टिनाका सुपरस्टार मेस्सी पीएसजी जानुअघि बार्सिलोनासँग प्रति साता करिब १ दशमलब १ मिलियन पाउन्डको सम्झौतामा हस्ताक्षर गर्न तयार थिए । तर स्पेनिस पक्षले ला लिगाको आर्थिक नियमका कारण सम्झौता पूरा गर्न नसकेपछि उनी आफ्नो फुटबल जीवनको धेरै समय बिताएको क्लब बार्सिलोना छोड्न बाध्य भए। बर्सिलोना छोडेर पीएसजी पुगेका उनले फ्रेन्च क्लबसँग बेसिक तलबको रूपमा वार्षिक २५ मिलियन पाउन्ड अर्थात करिब नेपाली ३ अर्ब ८१ करोड रुपैंयाको सम्झौतामा हस्ताक्षर गरे । त्यो रकम कर पछिको हो। बोनसलगायत विभिन्न शुल्क जोड्दा मेस्सीको एक साताको एक मिलियन पाउण्डभन्दा माथि तलब हुन आउँछ । अझ उनले एडिडास र पेप्सीको समर्थन र प्रायोजनहरूबाट वार्षिक थप करिब ३ अर्ब ८१ करोड नेपाली रुपैंया आर्जन गर्ने गरेका छन्।

१- केलियन एमबाप्पे (पीएसजी) : प्रति साता १६ लाख पाउन्ड

नयाँ पुस्ताका युवा स्टार केलियन एमबाप्पेलाई आगामी वर्षहरूमा फुटबलको प्रख्यात सुपरस्टार बन्ने विषयमा व्यापक चर्चा गरिएको छ । २२ वर्षीय एमबाप्पे २०१८ मा मोनाकोबाट पीएसजी पुगेका थिए । उनी फुटबलको ट्रान्सफर इतिहासमा विश्वको दोस्रो सबैभन्दा महँगो खेलाडीको कीर्तिमान बनाउँदै पीएसजी भित्रिएका थिए । उनले क्लबका लागि १०० भन्दा बढी गोल गरिसकेका छन् । २०१८ को विश्वकप फ्रान्सले जित्दा उत्कृष्ट खेलाडीको परिचय बनाएका उनी २०२० को यूरोमा भने फ्लप रहे । तर, यस सिजन एमबाप्पेले फुटबलको इतिहासमा सबैभन्दा ठूलो सम्झौतामा हस्ताक्षर गरे । उनले पीएसजीसँग एक सातको १६ लाख पाउण्ड अर्थात करिब नेपाली २३ करोड ८४ लाख रुपैंयामा सम्झौता गरेका छन् । जुन विश्वमा फुटबलरले एक सातामा पाउने सबैभन्दा धेरै पारिश्रमिक हो ।

फुटबलका चर्चित खेलाडी