Logo
१ असोज २०८२, बुधबार

‘जुनेली रात’मा रोहित र दुर्गाको रोमान्स

अक्षरपाटी
२०७९ कात्तिक २५ , शुक्रबार ०९:११ मा प्रकाशित

काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा अध्ययनसंगै रोजगार गरिरहेका नव गायक रोहितसिंह थापाको डेब्यु म्युजिक भिडियो ‘जुनेली रा’ को टिजर सार्वजनिक भएको छ।

रोमान्टिक भर्सनको गीतमा शब्द रोशन श्रेष्ठले लेखेका हुन्। संगीत कल्याण सिंहको रहेको छ।

अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमाहरुमा छायाँकन गरिएको म्युजिक भिडियोमा स्वयम् गायक रोहितसिंह थापा र दुर्गा भण्डारी बीचको अनस्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।

ग्यान्योनले छायांकन गरेको भिडियोको पोस्ट प्रडक्शनको काम जी क्रियशन मार्फत भैरहेको छ। भिडियो नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक गर्ने तयारी रहेको गायक थापाले बताएका छन्।

ट्रेन्डिङ ( साप्ताहिक )