Logo
२२ मंसीर २०७९, बिहीबार

रोहित बने नेपाली क्रिकेट टीमको क्याप्टेन

अक्षरपाटी
२०७९ कात्तिक २५ , शुक्रबार १०:११ मा प्रकाशित

काठमाडौं। शीर्ष क्रमको ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टीम कप्तान बनेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तान नियुक्त गरेको हो।

किशोरी बलात्कारको आरोप लोका कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि कप्तानको पद रिक्त थियो। सोही पदमा पौडेल नियुक्त भएका हुन्।

सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए। तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै पदबाट हटाइएपछि सन्दीपलाई जिम्मेवारी दिइएको थियो।

त्यतिवेला दीपेन्द्रसिंह ऐरीलाई पनि कारबाही गर्दै उपकप्तानबाट हटाइएको थियो। सन्दीप बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

 

रोहित पाैडेल