Logo
१५ चैत्र २०८०, बिहीबार

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिमका तीन सभामा सम्बोधन गर्दै

अक्षरपाटी
२०७९ कात्तिक २६ , शनिबार ०९:११ मा प्रकाशित

धनगढी। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिमका तीन सभालाई सम्बोधन गर्दैछन्।

आज शनिबार बिहान उनले ११ बजे डोटीको दिपायलमा आयोजित चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

दिउँसो २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले पार्टी कार्यालयले जनाएको छ।

ओलीले १८ कात्तिकमा दार्चुलामा चुनावी सभा गरेर चुनावी प्रचार सुरु गरेका थिए। त्यसलगत्तै उनले बैतडी र महेन्द्रनगरका सभालाई सम्बोधन गरेका थिए।

 

एमाले के पी ओली