Logo
१४ वैशाख २०८१, शुक्रबार

धनगढीबासी भन्दैछन्–धन्यवाद मेयर हमाल

अक्षरपाटी
२०७९ कात्तिक २६ , शनिबार ०६:११ मा प्रकाशित

धनगढी। यतिबेला देशभर चुनावको माहोलले चुनावले छपक्कै छोपेको छ। अधिकांसको दिनचर्या कतै न कतै चुनावसँग जोडिएको छ। कोही मत मागिदिन हिँडेका छन्। कोही मत माग्नेलाई सुनिदिन अडिएका छन्।

तर धनगढी नगरमा भने चुनावी माहोलबाहेक अर्को विषय पनि चर्चामा छ। स्थानीय तहको पहिलो निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले गर्नै नसकेको वा नचाहेको नगरको सडक विस्तारको कामले यतिबेला रफ्तार समातेको छ।

यसले सडक मिचेर भौतिक संरचना बनाएकाहरुबाहेक सबै शुसी भएका छन्। दलका प्रतिनिधिलाई छोडेर स्वतन्त्र उम्मेदवार रोजेका धनगढीबासी आफूहरुको मतको कदर भएको बताउन थालेका छन्।

यतिबेला धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्म डोजर लगाएर सडक विस्ताको काम सुरु भइसकेको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल आफै सडकमा उत्रिएर सडक विस्तारको वाचा पुरा गर्न थालेपछि व्यवसायी गणेश भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्,‘स्वतन्त्र हमाललाई मेयरमा क–कस्ले भोट हालेर विजयी गराए, क–कसले भोट हालेनन् त्यो महत्वपूर्ण कुरो होइन। महत्वपूर्ण कुरो मेयर हमालले विययपश्चात के कसरी जनहितमा काम गर्छन १ कसरी गरिरहेका छन्, त्यो हो ।’

उनले थप लेखेका छन्, ‘कैलाली पुलदेखि क्यामपसचोकसम्म सडक चौडाको विषय जति सामाजिक संजालमा लेखिएको, देखियको थियो, त्यो त्यति सहज थियन पनि । अहिले राजनीतिक दलको कुनै उम्मेदवार मेयरमा विजयी भएको भए सडक चौडाको विषय त्यत्तिकै थाति रहन्थ्यो, दलको मेयरलाई पार्टीको उपल्लो तह र तप्काबाट दबाब आउन्थ्यो १ हमाललाई न त कुनै दबाब छ, न त कुनै रोकावट नै १ मेयर हमाल यतिबेला धन्यवाद का पात्र बनेका छन्।’

कानूनी प्रकियाबाट हमाल निरन्तर निर्भिक भएर अघि बढिरहेका छन्। धनगढी नगरबासीले सडक चौडासँगै खोलानाला अतिक्रमण हटाउ थालिएको अभियान एकाएक तारानगरमा अलपत्र रोकिएकाले त्यसलाई पनि निरन्तरता दिन माग गरेका छन्।