Logo
७ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा पुन: भूकम्प

अक्षरपाटी
२०७९ कात्तिक २६ , शनिबार ११:११ मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेश शनिबार साँझ ५ दशमलव ४ रेक्टरस्केलको भूकम्पको धक्का महसुस गरिएको छ।

राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलालीलगायत जिल्लामा महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्पको क्षेतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र कात्तिक २३ गते बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो।

उक्त भूकम्पमा परेर डोटीमा ६ जनाको ज्यान गएको थियो।

भूकम्प