Logo
१६ चैत्र २०८०, शुक्रबार

मंसिर ४ को निर्वाचन गठबन्धको उत्सव हो : विश्वप्रकाश

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार ११:११ मा प्रकाशित

झापा। नेपाली कांग्रेसका महामन्त्री तथा झापा १ का उम्मेदवार विश्वप्रकाश शर्माले मङ्सिर ४ गते हुने निर्वाचनलाई रेस्लिङका रुपमा नभएर गठबन्धनले उत्सवका रुपमा लिएको बताए।

मतदातासँगको भेटभाट कार्यक्रममा महामन्त्री शर्माले यो चुनाव कुनै रेस्लिङ नभएर उत्सव भएको बताए।

उनले निर्वाचनमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताउँदै विपक्षी दलका उम्मेदवारलाई समेत सकारात्मक सोचको विकास गर्न आग्रह गरे।

उनले युवादेखि ज्येष्ठ नागरिकसम्मले मत माग्दै गाउँगाउँ पुग्दा जितको शुभकामना दिँदै फूलको माला र अबिरको टीका लगाइदिँदा आफूलाई हौसला मिलेको बताए।

युवा नेता महामन्त्री शर्माले यसपटकको निर्वाचनमा आफूले भारी मतका साथ जित्ने दाबी गरे।

क्षेत्र नं १ मा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार तथा पूर्वकानुन मन्त्री अग्नि खरेलसमेत घरदैलो अभियानमा छन्।

विश्वप्रकाश शर्मा