Logo
२ असोज २०८१, बुधबार

टी–ट्वान्टी विश्वकप : जित्नेको पोल्टोमा कति ?

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार ०९:११ मा प्रकाशित

0 अक्षरपाटी विशेष

छटौं संस्करणको टी–ट्वान्टी विश्वकप सकिएको छ। पहिलोपटक अष्ट्रेलियाले आयोजना गरेको टी–ट्वान्टी विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको छ।

मेलवर्न क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो। इंग्ल्यान्डले हात पारेको यो टी–ट्वान्टी विश्वकपको दोस्रो उपाधि हो।

यसअघि सन् २०१० मा वेस्टइन्डिजमा आयोजना भएको टी–ट्वान्टी विश्वकपको उपाधि इंग्ल्यान्डले जितेको थियो।

प्रतियोगितामा १६ टोलीको सहभागिता थियो। विश्वकपमा सहभागि टोलीले कति रमक पाउँछन् ? अझ च्याम्पियनको पुरस्कार रकम कति होला ? भन्ने धेरैको चासो रहेको छ।

आईसीसीले टी–ट्वान्टी विश्वकपमा प्रतिस्पर्धा गर्ने टोलीहरुका लागि चरणबद्ध रुपमा पुरस्कार राशिको विवरण प्रस्ताव गरिसकेको थियो। यस रिपोर्टमा २०२२ को टी–ट्वान्टी विश्वकपको विजेता र अन्य सहभागी टोलीले कति रकम पाए भन्ने विषयममा उल्लेख गर्दैछौं।

विश्वकपमा कुन राष्ट्रले कति पाउँछ ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरस्कार राशीका लागि मात्रै ५ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात ७१ करोड ८४ लाख ८ हजार ८ सय ८० नेपाली रुपैँया छुट्याएको थियो।

विश्वकपको पहिलो चरणबाटै बाहिरिने राष्ट्रले ४० हजार डलर अर्थात करिब साढे ५१ लाख नेपाली रुपैँया पाउने गरेका छन्। पहिलो चरणमा खेल जिते विजेता टोलीले प्रति खेल साढे ५१ लाख नेपाली रुपैँया पाउँछन्।

सुपर १२ मा पुगेर बाहिरिने राष्ट्रले ७० हजार डलर अर्थात करिब ८० लाख नेपाली रुपैँया पाउने गरेका छन्। सुपर १२ मा खेल जित्ने विजेता टोलीले प्रति खेल साढे ५१ लाख नेपाली रुपैँया पाउँछन्।

सेमिफाइनलबाट बाहिरिने राष्ट्रले ४ लाख डलर अर्थात करिब ५ करोड १३ लाख नेपाली रुपैँया पाउने गरेका छन्।

२०२२ को टी–ट्वान्टी विश्वकपको उपविजेता पाकिस्तान बन्यो। उपविजेता बनेको पाकिस्तानले ८ लाख डलर अर्थात १० करोड २६ लाख नेपाली रुपैंया पाएको छ।

विश्वकपको च्याम्पियन बनेको इंग्ल्यान्डले १ दशमलब ६ मिलियन अमेरिकी डलर पुरस्कार पायो। यो रकम नेपालीमा रुपान्तरण गर्दा करिब २० करोड ५२ लाखभन्दा बढी हुन आउँछ।

टी-ट्वान्टी विश्वकम पुरस्कार