Logo
१२ वैशाख २०८१, बुधबार

नयाँ पुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री

अक्षरपाटी
२०७९ कात्तिक २८ , सोमबार ०७:११ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन्।

उनले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे।

“निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्”, प्रधानमन्त्री देउवाले भने, “निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश तपाईंहरूले दिनुपर्यो।”

उनले नेपाली कला क्षेत्रको समस्या समधानका निमित आफू सदैव तयार रहेको बताए।

भेटघाटमा सहभागीहरूले फिल्म, सङ्गीतलगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए।

उनीहरूले फिल्म छायांकनको समस्या, छायांकनमा अनुदान, फिल्ममार्फत पर्यटन प्रवर्द्धन, संगीतको रोयल्टी, ओटीटीको विषयमा देखिएको केही समस्या उठान गरेका थिए।

“समस्याहरूलाई हामीले सम्बोधन गर्नेछौँ। हामीलाई समस्याका बारेमा अवगत गराइरहनुस्। म सदैव सकारात्मक छु”, प्रधानमन्त्री देउवाले भने। भेटघाटका क्रममा प्रधानमन्त्री पत्ती डा आरजु राणा देउवा पनि उपस्थित थिइन्।

भेटघाट तथा छलफलमा नयाँपुस्ताका कलाकर्मीहरू पूर्णिका सिजापति, उषा उप्रेती, एलिना चौहान, एलिजा गौतम, जेबिका कार्की, रिस्ता बस्नेत, सुधीर श्रेष्ठ, युवराज चौलागाईं, निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज बिसीलगायतको सहभागिता थियो।