Logo
१४ वैशाख २०८१, शुक्रबार

आतंककारी हमलाहरूमा सोमालियामा ६ भन्दा बढी सर्वसाधारण मारिए

अक्षरपाटी
२०७९ कात्तिक २९ , मंगलबार ०६:११ मा प्रकाशित

एजेन्सी। सोमालियामा यस वर्षको जनवरीदेखि अहिलेसम्म कम्तिमा ६ सय १३ सर्वसाधारणको मृत्यु भएको छ। ९ सय ४८ जना घाइते भएका छन्।

मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त भोल्कर टर्कले सोमालियामा अल शबाब समूहले गरेको आक्रमणका कारण सर्वसाधारणको ज्यान गएको बताएका छन्।

बढ्दो यस्ता गतिविधिले मानवअधिकार र मानवीय अवस्थालाई अझ गम्भीर बनाएको उल्लैक गरेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार अधिकांश हताहतहरू विस्फोटक उपकरणका कारण भएका छन् । तींमध्ये कम्तिमा ९४ प्रतिशत यस्ता घटनामा अल शबाबलाई जिम्मेवार ठहर्याइएको छ।

यसैगरी अन्य हताहतीहरू अल शबाब आत्मघाती बम विस्फोटको कारण रहेको पनि बताइएको छ।

टर्कले द्वन्द्वका सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुन अन्तर्गत आफ्नो दायित्व पूरा गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन्।

सोमालिया