Logo
११ वैशाख २०८१, मंगलबार

कैलालीका शिक्षक चुनावमा नखटिने, तह र श्रेणी अनुसारको जिम्मेवारी नदिएको आरोप

अक्षरपाटी
२०७९ कात्तिक २९ , मंगलबार ११:११ मा प्रकाशित

कैलाली। घोडाघोडी नगरपालिकाको राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षकहरुले निर्वाचन आयोगले तह र श्रेणी अनुसारको जिम्मेवारी नदिएको भन्दै नाम हटाइदिन आग्रह गरेका छन्।

राष्ट्रिय माध्यमिक विद्यालयका माध्यमिक तह तृत्तीय श्रेणीमा स्थायी र राहत शिक्षकको नाम सहायक कर्मचारीमा खटाइएकोले तह र श्रेणी अनुसारको पद नमिलेकाले मावि तृतीय श्रेणीका स्थायी शिक्षकहरु सुवोध कुमार शर्मा, मनोज कुमार जोशी, हरिदत्त भट्ट र राहत शिक्षक बलभद्र देवकोटाले सुखड कैलाली निर्वाचन अधिकृतको कार्यलयमा निवेदन दिएका छन्।

शिक्षक सुवोध कुमार शर्माले निर्वाचन अधिकृतसँग छलफल गर्ने क्रममा निमावि तृत्तीय श्रेणीको शिक्षकको विवरण परेकोले सहायक कर्मचारीमा राखिएको र गल्ती भएको स्वीकार गरेको बताए। जिल्ला निर्वाचन आयोगले शिक्षक सुवोध कुमार शर्मालाई मतदान केन्द्र मेलघट्टी मावि दिपनगर ‘ङ’, शिक्षक मनोजकुमार जोशीलाई सरस्वती मावि शिखरखोला ‘ख’, हरिदत्त भट्टलाई सरस्वती मावि शिखरखोला ‘क’ केन्द्रमा र बलिभद्र देवकोटालाई राष्ट्रिय मावि नकफोडुवा ‘ग’ केन्द्रमा सहायक कर्मचारीको रुपमा खटाएको छ।

शिक्षक बस्नेतले निवेदनमा पद अनुसारको मर्यादाक्रम उपयुक्त हुने खालको कार्यभारसहित जिम्मेवारी दिएमा मात्र निर्वाचनमा खट्ने जनाएका छन्।