Logo
३१ असार २०८२, मंगलबार

प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरामा

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ११:११ मा प्रकाशित

धनगढी। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेल्धुरा पगेका ेछन्।

आज डडेल्धुरा पुगेर कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवा आज बिहान गृह जिल्ला आइपुग्ने र साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

उनले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ।

यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका देउवा चार दिन बसेका थिए। त्यस क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका थिए.।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार छन्। देउवा विसं ०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन्।