Logo
१४ वैशाख २०८१, शुक्रबार

नेपालद्वारा पाकिस्तान पराजित

अक्षरपाटी
२०७९ कात्तिक ३० , बुधबार ०८:११ मा प्रकाशित

काठमाडौं ३० कार्तिक। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै नेपालले दशरथ रंगशालामा ५० औँ खेल पूरा ग¥यो।

यसअघि दशरथ रंगशालामा सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले औपचारिक खेल खेलको थियो।

नेपालको जितमा अन्जन विष्ट नायक बने। उनले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो। सुनिल बलको पासलाई सदुपयोग गर्दै अन्जनले गोल गरेका थिए।

पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो। बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो।