Logo
१३ वैशाख २०८१, बिहीबार

प्रत्यक्षतर्फको मतपरिणाम मंसिर ७ भित्रै

अक्षरपाटी
२०७९ मंसीर २ , शुक्रबार ०८:११ मा प्रकाशित

काठमाडौं। आसन्न मंसिर ४ को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना भएको बताए।

“सबै मतपेटिकाहरू संकलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ”, उनले भने, “तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ।”

मङ्सिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उनले सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुने बताए।

मतपरिणाम