Logo
१२ वैशाख २०८१, बुधबार

मतदातालाई पैसा बाँडिरहेको आरोपमा एमालेका उम्मेदवार पक्राउ

अक्षरपाटी
२०७९ मंसीर २ , शुक्रबार १०:११ मा प्रकाशित

काठमाडाैं। मतदातालाई पैसा बाँडिरहेको आरोपमा काठमाडौं ५ मा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार पक्राउ परेका छन्।

काठमाडौं ५ ख का प्रदेशसभा उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको हो।

बुढानिलकण्ठ नगरपालिका ६ का वडाध्यक्ष रवि खड्का र नेकपा एमाले बुढानिलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई प्रहरीले सोही वडाका बुद्ध लक्ष्मी तामाङको घरबाट पक्राउ गरेको हो।

निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई शुक्रबार राति जिम्मा लगाएका हुन् । अहिले सामाजिक उक्त भिडियो भाइरल बनेको छ । भिडियोमा केही व्यक्तिहरूलाई प्रहरीले समातेको देखिन्छ ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिनिधिसभातर्फका उम्मेदवार छन्। सो क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडेल उम्मेदवार छन्। पौडेल पोखरेलका लागि चुनौतीका रुपमा देखिएका छन्।