Logo
७ वैशाख २०८१, शुक्रबार

एमाले निर्वाचन परिचालन कमिटीको आपत्ति

अक्षरपाटी
२०७९ मंसीर २ , शुक्रबार ११:११ मा प्रकाशित

काठमाडौं। नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौला, बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल पक्राउ परेको घटनालाई लिएर नेकपा एमालेको निर्वाचन परिचालन कमिटी काठमाडौं क्षेत्र नम्बर ५ ले आपत्ति जाएको छ।

बुढानिलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अबस्थाबारे जानकारी लिन गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने घृणित कार्य गरिएको निर्वाचन परिचाल कमिटीकी शान्ति अधिकारीले बताएकी छन्।

उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ुसो घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टी शुभेच्छुक समेत रहनुभएका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको यस्तो हर्कतको हामी भत्र्सना गर्न चाहन्छौं।ु

विज्ञप्तिमा प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा घटनाको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराइएको छ।

ुकुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ। हामी आरोप लगाउनेहरुलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौँु, विज्ञप्तिमा भनिएको छ।

अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन विज्ञप्तिमार्फत अपिल समेत गरिएको छ।