Logo
१५ चैत्र २०८०, बिहीबार

आफ्ना प्रतिनिधि छान्न मतदाता उत्साहित, देशैभर भोट हाल्न सुरु

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०७:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। देश संघीयतामा प्रवेश गरेपछि आज दोस्रोपटक आम निवाचन हुँदैछ।

प्रतिनिधिसभा र प्रदेशसभामा आफ्ना प्रतिनिधि छान्नका लागि मत हाल्ने काम सुरु भएको छ।

संघीय र प्रदेश सरकार समेत गठन हुने भएकाले मतदाताहरु उत्साहित भएर आफूले रुचाएका प्रतिनिधिलाई भोट दिन लामवद्ध भएका छन्।

आज देशैभर १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मताधिकार प्रयोग गर्दैछन्।

ती मतदाताले कूल १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट आफ्नो अमूल्य मत खसाल्न सुरु गरेका छन्।

देशभर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। करिब तीन लाख सुरक्षाकर्मीले आज भइरहेको मतदान शान्तिपूर्ण ढंगले सम्पन्न गराउन तीन घेरामा सुरक्षा दिइरहेका छन्।

 

मतदान सुरु