Logo
६ वैशाख २०८१, बिहीबार

बेन्जेमा फ्रान्सको विश्वकप टोलीबाट बाहिर

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार ०९:११ मा प्रकाशित

एजेन्सी ४ मंसिर। फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले आजबाट सुरु हुने कतार विश्वकप गुमाउने भएका छन् ।

प्रशिक्षणका क्रममा तिघ्रामा चोट लागेपछि बेन्जेमा फ्रान्सको विश्वकप खेल्ने टोलीबाट बाहिरिएका हुन् । रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन महत्वपूर्ण भुनिका खेलेका बेन्जेमाले २०२२ को बालोन डीओर जितेका थिए ।

फ्रान्सेली राष्ट्रिय टोलीले उनलाई तिघ्रामा समस्या भएको र प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको छ । बेन्जेमाको तिघ्राको मांसपेशीमा चोट लागेको एमआरआई स्क्यानमा देखिएको फ्रान्सेली फुटबल महासंघले पुष्टि गरेको छ ।

बेन्जेमालाई मैदानमा फर्किन कम्तिमा पनि तीन साता लाग्ने बताइएको छ । समूह डी मा फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्ने तालिका छ ।
मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले सोमबारसम्म प्रतिस्थापनको नाम सिफारिस गरेका छन् ।

फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका ३४ वर्षीय बेन्जेमाको चोट विश्वकपका दौरान फ्रान्सलाई अर्को झट्का हो । फ्रान्सले चोटका कारण कारण मिडफिल्डर पाउल पोग्बा र एनुगोलो कान्टेलाई गुमाइ सकेको छ ।

म्यानचेस्टर युनाइटेडका डिफेन्डर राफेल भराने खेलमा फर्किने प्रयास गरिरहेका छन् । बुधबार, आरबी लाइपजिगका फरवार्ड क्रिस्टोफर न्कुन्कु प्रशिक्षणकै क्रममा चोट बोकेपछि टिमबाट बाहिरिएका थिए । उनको प्रतिस्थापनको रूपमा फ्रान्कफर्टका रान्डल कोलो मुआनीलाई बोलाइएको थियो ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्शल बेन्जेमाका लागि आउन सक्ने सम्भावित विकल्पमध्ये एक हुन् । जो अक्टोबरदेखि तिघ्राको समस्यासँग संघर्ष गरिरहेका थिए ।

‘म करिमका लागि धेरै दुखी छु । जसले यो विश्वकपलाई एक प्रमुख लक्ष्य बनाएका थिए,’ प्रशिक्षक डेसच्याम्प्सले भने ‘यस नयाँ झट्काको बाबजुद पनि मलाई मेरो टोलीमा पूर्ण विश्वास छ । हामी ठूलो चुनौतीलाई सामना गर्न तयार छौं ।’

france france footballl association Karim Benzema qatar worldcup 2022 worldcup 2022